Other links.
अन्य वेभ साईटहर http://nepal-hamro.blogspot.com/
NESOF LIVE TELECAST Problem viewing this website? Install Nepali Fonts & Flash Player. नेपालको समय NEPALI TIME MACHINE Free Languages Translation | स्वीसवासी नेपालीहरु त्ाथा स्वीस नागरिकहरुका वीचमा पनि नेपाली क्रान्तिकारी कलाकारहरु
मुख्य समाचार स्विट्जरल्यान्डको बासल मा बिरोध प्रदर्सन सम्पन्न आसिश,स्विस 30 Jan 2010 स्विट्जरल्यान्डको डाबोस सहर मा भैरहेको बिश्व आर्थिक मंच(World Ecnomic Forum) तथा साम्राज्यबाद को बिरोध गर्दै आज स्विट्जरल्यान्डको प्रख्यात औधोगिक सहर बासल मा एक बिरोध प्रदर्सन सम्पन्न भयो. स्विस कम्युनिस्ट पार्टी, स्विस मजदुर संगठन,टर्किस कम्युनिस्ट पार्टी(माओबादी) तथा नेपालि एक्यबद्दता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्ड, लगायत का प्रगतिसिल संगठन हरु को आयोजनामा भयको सो बिरोध प्रदर्सन भब्य रुपमा सम्पन्न भयको थियो. सनिबार दिउसो १३.३० बजे बार्फुसरप्लाट्ज बाट सुरु भयको बिरोध रयाली सहर का विभिन्न क्षेत्र हरु को परिक्रिमा गरि पेटरप्लाट्ज(बासल बिश्वोबिधालय अगाडी गयर बिसर्जन भयको थियो. अमेरीकी र युरोपिय साम्राज्यवाद र पूजिवाद को होडबाजीको बीचमा विश्वका कयौं सर्वहारा किसान र गरिब जनताको हकअधिकार लाई कुण्ठित गर्ने तथा संधै तल्लो दर्जामा राखेर हेरिने र त्यही अनुसार व्यवहार गरिनुले पनि डाभोसमा भइरहेको उक्त सम्मेलनको विरोध तथा भण्डाफोर गरिएको आयोजक को तर्फबाट जानकारी गराइएको थियो भने सो अबसरमा बोल्ल्ने बिभिन्न संघ सस्था का प्रतिनिधि हरु ले यस लाई तुरुन्त बन्द गरिनु पर्ने कुरा मा जोड दियका थिय। गरिब जनता र मजदुर हरु ले तिर्ने कर बाट पुजीपति वर्ग र पुजीबादी देस हरु लाइ जम्मा पारेर सर्कस प्रदर्सन गरेको भन्दै यस्ता सर्कस हरु तुरुन्त बन्द गरिनु पर्ने माग अधिकाम्स बक्ता हरु ले राखेका थिय. संसार का मजदुर हरु एक हौ,एकिकृत नेपाल कम्युनिस्ट पार्टी(माओबादी) लेखियको ब्यानर बोकेर नेपालि एक्यबद्दता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्डको टोलि बिरोध प्रदर्सन मा सहभागी भयको थियो भने.सो टोलि र ब्यानर स्थानीय संचार माध्यम र जनमानस मा चासोको बिषय बनेको थियो.
स्वीट्जरल्याण्ड स्थित भारतीय दुताबास मा ज्ञापन पत्र बुझाइयो/
20 January 2010 आशिष स्विस, राष्ट्रिय स्वाधिनता को नारा लियर चौथो चरणको आन्दोलन गरिरहेको एनेकपा माओबादी को आन्दोलन मा एक्यबद्दता जनाउदै नेपालि एक्यबद्दता मंच (नेसोफ स्विस) स्वीट्जरल्याण्ड ले आज भारतीय राजदुताबास मा ज्ञापन पत्र बुझायको छ/भारतीय प्रधानमन्त्रि मनमोहन सिंह लाइ सम्बोधन गरियको सो ज्ञापन पत्र नेपालि एक्यबद्दता मंच स्वीट्जरल्याण्डका अध्यक्ष अचुत प्रसाद फुयाल(असोक) को नेत्रित्वो मा गयको एक प्रतिनिधि मण्डल ले स्वीट्जरल्याण्ड को राजधानी बेर्न स्थित भारतीय दुताबास मा बुझायको थियो/ज्ञापन पत्र बुझ्दै भारतीय राजदुताबास का काउन्सिलर मनिष कुमारले यो ज्ञापन पत्र लाइ बिशेष प्राथमिकता का साथ सम्बन्धितठाउँमा जतीसक्दो चाडो पुर्याउने प्रतिबद्दता ब्यक्त गर्नु भयो/ ज्ञापन पत्र मा १९५० लगायत का सम्पूर्ण असमान सन्धिसम्झौता हरु को खारेजी,कालापानी बाट भारतीय सेना तुरुन्त फिर्ता,मिचियाका सिमा स्तम्भ र अतिक्रमित नेपालि भूभागहरु फिर्ता हुनु पर्ने,नेपाली राजनीतिमा र नेपाल को आन्तरिक मामिलामा भारत् बाट हुने नाङ्गो हस्तक्षेप तुरुन्त बन्द गर्नु पर्ने लगायत का माग राखियको थियो/ उक्त ज्ञापन पत्र हस्तान्तरण कार्यक्रम मा नेसोफ स्विस का सदस्य राम गुरुङ लगायत का साथि हरु को सहभागिता थियो/ सयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालदोस्रो चरणको संघर्षको कार्यक्रम संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल तेेस्रो चरणको संर्घष्ाको कार्यक्रम
स्विट्जरल्याण्डको बासलमा हुनगईरहेको साम्राज्यबादी बिरोधी सभामा सहभागी हुन नेसोफ स्विस को आब्हान!!! आशिष स्विस, 10 January, 2010 विश्व आर्थिक मन्च (World Economic Forum) को वार्षिक बैठक २७ जनवरी देखी ३१जनवरी २०१० सम्म स्विट्जरल्याण्ड को डाबोस (DAVOS)मा हुन गइरहेको छ । उक्तसन्दर्भमा अमेरिकि तथा यूरोपियन साम्राज्यबादी मुलुकहरुले विश्व अर्थतन्त्र लाई आफ्नोबसमा पारेर संसार भरिका मजदुर तथा मुक्तिकामी जनता लाई चरम गरिवीको मुखमाधकेल्नको लागि गरिने यस बैठकको बिरोधमा साम्राज्यबाद बिरोधी संघ,संगठनहरु तथानेपालि एक्यबद्दता मंच(नेसोफ स्विस) द्वारा स्विट्जरल्याण्डको प्रख्यात शहर लुजेर्नमायही आउदो २३ जनवरी २०१० सनिबार का दिन र ३० जनवरी २०१० सनिबार बासल सहरमाआयोजना हुन गैइरहेको भब्य बिरोध सभामा सहभागी हुन र मुक्तिकामी जनताकोआन्दोलन लाई तथा एकिकृत नेकपा माओवादीले घोषणा गरेको संघर्षका कार्यक्रमलाई ऐक्यबद्धता जनाउनको लागि स्विटजरल्यान्डमा बस्नु हुने सम्पूर्ण प्रगतिशिलनेपाली/बिदेशी दिदी बहिनी तथा दाजु भाईहरुमा नेपाली एक्यबद्दता मन्च(नेसोफस्विस)स्विट्जरल्याण्डले हार्दिक अनुरोध गरेको छ। नेसोफ स्विस ले आफ्नो स्थापना कालदेखी नै साम्राज्यबादबिरोधी प्रदर्सन मा आफ्नो ससक्त सहभागिता जनाउदै आयको छ।
बिरोध कार्यक्रम: नागरीक सर्वोचाताको जारी आन्दोलन प्रति यूरोप भरीका प्रगतीशिल संगठनहरुले सकृय र्समर्थन तथा ऐक्यबद्धेता
जनयुद्ध नलेखिएको संविधान मान्दैनौँ ―मोहन वैद्य, वरिष्ठ उपाध्यक्ष, एनेकपा माओवादी 6th January 2010. मुलुकमा सहमतिको राजनीति अपरिहार्य भइरहेको बेला एकीकृत माओवादीले राष्ट्रिय स्वाधिनताको आन्दोलन गर्ने उद्घोष गरेको छ। नागरिक सर्वोच्चताको छ महिने आन्दोलन सफल हुन नसकेपछि माओवादीले गर्न लागेको आन्दोलनको पृष्ठभूमिमा रहेर दृष्टिसाग माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले धेरै कुरा खोलेका छन्। 22 December, 2009 एकीकृत नेकपा माओवादीले बर्तमान सरकार भारतको कठपतली भएकोले अब सिधै भारतसंग बार्ता शुरु गर्ने भएको छ । तीन दिने आम हडताल समापन समारोहलाई मंगलवार राजधानीको नयाँ बानेश्वरमा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले गतिरोध अन्त्यको लागि अब थप बार्ता सत्तारुढ दलहरुको मालिक भारतसंग गर्ने बताउनुभयो । बर्तमान सरकारमा सहभागी दलहरु रिमोट कन्टौलबाट चलेका छन- उहाँले भन्नुभयो- त्यसैले हाम्रो बार्ता अव दिल्लीसंग हुन्छ, यो आजैबाट सुरु भएको छ । सोम नारायण थारु , बेल्जीयम 2 December, 2009 नेपाललाइ चार जात छतिस वर्णको साझा फुलबारी हो भनेर भन्ने गरिन्छ । यहाँको बहुजातीय ,बहुधार्मीक ,बहुसाँस्कृतिक अवस्थालाइ हेर्दा यो पक्कै पनि साँचो कुरा हो । एउटा फुलबारी भित्र ै विभिन्न थरिका फुल हुनु भनेको सुन्दर र मनमोहक फुलबारी हो भनेर बुझन सकिन्छ । तर एउटा फुलवारी तब मात्र सुन्दर देखिन्छ जब त्यस फुलबारी भित्रका सबै फुलहरुले आवश्यक मलजल पाउँछन र फुल्ने मौका पाउँछन । नेपाली समाज यूकेको दोस्रो केन्द्रीय सम्मेलन आइतबार, डिसेम्बर २०, २००९ 30 Nov, 2009 बेलायतवासी नेपालीहरुको माझमा स्थापित नेपाली समाज यूकेको दोस्रो केन्द्रीय सम्मेलन निम्न मिति समय र स्थानमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी का वरिष्ठ नेता तथा अन्तर्राष्ट्रिय व्यूरोका इन्चार्ज कमरेड कृष्ण बहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न हुन गइरहेको हँुदा विभिन्न तप्का वर्ग र पेशामा आवद्ध हुनु भएका सम्पूर्ण बेलायतवासी नेपाली समुदायलाई सम्मेलनमा उपस्थित भई कार्यक्रम सफल पारी दिनुहुन हार्दिक अनुरोध गर्दछौं । कम्तिमा पनि अढाइ लाख जनता सिंहदरबारमा उतार्छौं : डा . बाबुराम भट्टराई 4th November 2009 संविधान निर्माण र शान्तिप्रक्रियामा त्यसै पनि ढिलाइ र अविश्वास पैदा भइरहेका बेला तपाईहरू आन्दोलनमा जानुभयो । यसले तपाईहरू गैरजिम्मेवार र मुलुकप्रति संवेदनहीन भएको प्रमाणित गरेन ? 4th November, 2009 नेपाली जनताको सर्वोचता स्थापना तथा राष्टपतिको असंबैधानिक कदमले नेपाली जनतालाई लादीन लागेको निरुकुसताको बिरुद्ध नेपाली जनताले चलाएको आन्दोलनलाई सकृय सहयोग र्समर्थन गर्न बेल्जियममा पनि नेपाली दुतवाशमा घेराउ गरीने भएको छ । बिगतको नेपाली जनताको आन्दोलनमा अग्रस्थानमा रहेर सकृय सहयोग गर्दै आएको संगठन नेपाली जनप्रगतीशिल मचं, बेल्जियम लगायत प्रवाशी नेपालीहरु गोलबन्द गर्ने प्रगतीशिल सगंठनहरुले आयोजना गरेको हो । नेपालमा सिहदरवार घेराउको कार्यक्रमको दीन परेर नोभेम्वर १२ मा कार्यक्रम तय गरीएको हो । आयोजकका अनुसार कार्यक्रमा बिगतको भन्दा भिन्दै र कलात्मक हुने छ । सो कार्यक्रमको आयोजना बेल्जियम तथा यूरोप स्थीत प्रगतीशिल संगठनहरु संयूक्त नेपाली मोर्चा,यूरोप, नेपाली जनजाती सरोकार मचं,यूरोप, नेपाली जनप्रगतीशिल मचं, बेल्जियम ,नेपाली जनजाती सरोकार मचं, बेल्जियम , नेपाली प्रगतीशिल महीला मचं,बेजियम , नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियम, तमुवान राष्ट्रीय मुक्ति मोर्चा, बेल्जियम, मगरात राष्ट्रीय मुक्ति मोर्चा, बेल्जियमले गर्ने भएको हो । उक्त संगठनहरुले बेल्जियम स्थीत संपर्ुण्ा संघ संगठनहरु तथा प्रवाशी नेपाली दाजुभाई तथा अन्य समुदायलाई नेपाली जनताले चलाएको आनदोलनमा सहभागी जनाउनको लागी हार्दीक अनुरोध गरेकोछ । कार्यक्रम नोेभेम्वर १२ तारीख बिहीवार दीनको २ बजे सुरु हुने हुदा मिडी स्टेसनमा १ बजे जम्मा हुनकोलागी आवाहृान गरेको छ 4th, November 2009 मैले पढेकै कलकत्ता मेडिकल कलेजमा डा. रामवरण यादवले पनि पढेका रहेछन् । उनी निकै जुनियर भएकाले उनीसँग चिनजानको अवसर जुटेन । उनीसित सामान्य चिनजान भएको त ०३६ सालतिर बिपी कोइरालाको उपचार गर्ने बेलामा हो । बिपीलाई चेक गर्न जाँदा उनी भेटिन्थे, बिपीका सहयोगी डाक्टरका रूपमा कार्यरत उनीसँग सामान्य कुराकानी हुन्थ्यो । त्यतिबेला पनि डाक्टरका हिसाबले उनी मभन्दा धेरै जुनियर भएकाले त्यति घनिष्ठ सम्बन्ध भएन । गणपतिको चिन्ता र माओवादी गन्तव्य 24 October, 2009 एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी) का गतिविधि र यसको गन्तव्यदिशालाई लिएर राजनीतिक वृत्तमा यतिबेर चौतर्फी चासो र जिज्ञासा उत्पन्न भएको छ । हिजो महान् जनयुद्धको आरम्भ र विकासमा विभिन्न किसिमले सहयोग गर्ने 'रिम' र 'कम्पोसा'सित सम्बद्ध भाइचारा पार्टीहरूले पनि हाम्रो गन्तव्यलाई लिएर तीव्र चासो र जिज्ञासा व्यक्त गरेका छन् । एकिकृत ने.क.पा.-माओवादी) र संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल, को गम्भीर ध्यानाकर्षा 11 October 2009 प्रेस वक्तव्यको पूर्ण पाठ स्वीसवासी नेपालीहरु तथा स्वीस नागरिकहरुका वीचमा पनि नेपाली क्रान्तिकारी कलाकारहरु स्वीसवासी नेपालीहरु त्ाथा स्वीस नागरिकहरुका वीचमा पनि नेपाली क्रान्तिकारी कलाकारहरु Main News ०२ अगस्ट २००९, ज्युरिक स्वीट्जर्ल्याण्ड नेपाली ऐकयवद्धता मन्च -नेसोफ) स्वीट्जरल्याण्डको आयोजनामा स्वीस नागरिकहरुको प्रगतिशील संगठनको सहयोगमा स्वीट्जरल्याण्डको औघोगिक शहर ज्युरिकमा भव्य क्रान्तिकारी सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो। सैयौं नेपाली तथा स्वीस नागरिकहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेसोफ स्वीट्जरल्याण्डका अध्यक्ष अशोक चौलागाई र कार्यक्रम आयोजक समितिका संयोजक श्याम घलेल कार्यक्रममा उपस्थित एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य ,मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक तथा सभासद सन्तोष वुढा मगर , एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य ,मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका सचिवालय सदस्य तथा सभासद् ओन्सरी र्घर्तिमगर र एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार,सामना सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष तथा वरिष्ठ जनकलाकार तथा सभासद खुशीराम पाख्रिन ,स्वीट्जरल्याण्डका लागि नेपाली राजदुत डा.दिनेश भट्र्राई तथा मगरात सांस्कृतिक परिवारका कलाकारहरुलाई खादा ओढाएर सम्मान तथा स्वागत गर्नुभयो । प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्दै नेता तथा सभासद वुढामगरले भन्नुभयो हामी नयां नेपालको निर्माणको अभियानमा जुटेका छौं। यो अभियानमा नेपालमा रहेका तथा नेपाल वाहिर रहेेका सवै नेपालीहरुको उत्तिकै सहभागिताको जरुरी छ। तपाइहरु प्रवासमा रहेका नेपालीहरु प्ानि यो अभियानमा जुट्नुहोस । नेसोफ स्वीट्जरल्याण्डका अध्यक्ष अशोक चौलागाईंको सभापतित्व र महासचिव कमल केसीले सन्चालन गर्नुभएको उद्धघाटन सत्रको लगत्तै मगर सांस्कृतिक परिवारको प्रस्तुति शुरुभएको थियो। म्ागर सांस्किृतिक परिवारका इञ्चार्ज टेकम वाठामगरले सञ्चालन गर्नुभएको सांस्कृतिक कार्यक्रमको नयां नेपाल र्स्वर्ग वनाउं भन्ने पहिलो सांगितिक प्रस्तुतिलाई हलमा उपस्थित जनसमुदायले तालीको गडगडाहटले स्वागत गरेका थिए । महामहिम राजदुत डा.दिनेश भट्राइले विशेष अतिथिको रुपमा छोटो शुभकामना मन्तव्य दिनु भएको उक्त कार्यक्रममा जव मुक्त हुन्छ देश भन्ने जनमुक्ति शेनाको नाचले हलका दर्शकहरु सवैलाइ जुरुक्कै उचालेको थियो । व्ारिष्ठ जनकलाकार खुशिराम पाख्रिनले विशेष अतिथिको तर्फाट सांगितिक कोशेली आमाको छाति वैरिले लुछ्दा के हेर्र्छौ वसेर भन्ने गित प्रस्तुत गर्नु भएको थियो । म्ागर सांस्कृतिक परिवारका त्रिपना पुन मगर,सरला पुन मगर र धन वहादुर रोका मगरको प्रस्तुति परदेश छोडेर नेपाल फर्केका आफ्ना आफन्त संग भलाकुसरीको भाव भएको मारुनी नृत्य आकासैको कालो वादल पानी परयो मादलुको तालैमा आउ नाचौं छम्म छम्म भन्ने र ग्यामी मारुनी नृत्य प्रस्तुत गर्नु भयो । म्ागर सांस्कृतिक परिवारका प्रशिक्षक धन वहादुमगरको प्रस्तुती हाम्रो मुक्तिको संग्राम रोकिएको छैन शहिदले टेकेको पाइलो मेटिएको छैन आन्दोलन जारी छ भन्ने भावको गितले सवै दर्शकलाई उत्तेजित वनाएको थियो । सांस्कृतिक परिवारका आकर्ष प्रस्तुतिहरु प्ांछिमा डांफे राम्रो फुलमा लाली गुरांस हामीलाई लाग्छ राम्रो नेपाली धर्ति आकाश भन्ने राष्ट्रिय गितमा धन व ग्यामी मगर ,सरला पुन मगर, त्रिपना पुन मगर र तिर्थ राज रोका मगरले नृत्य प्रस्तुत गर्नुभएको थियो। निषा मगरको मलाइ युद्ध लड्न देउ भन्ने गितमा प्रस्तुत नृत्य संगसंगै कति राम्रो तर्राई पहाड कति राम्रो हिमाल , हे कान्छी फलाउं फलाउ फुलाउ हाम्रै नेपाल भन्ने लोक नृत्य संग संगै सवै दर्शकहरु छम छम नाचेका थिए । उक्त कार्यक्रममा स्वीस नागरिकहरुको प्रगतिशील संस्थाकी नेतृ ग्रासीयाले नेपाली क्रान्ति प्रति ऐकवद्धता जाहेर गर्दै मन्तव्य व्यक्त गरेकी थिइन भन्ने अर्का युवा नेता रुदोलेसांस्कृतिक कार्यक्रम मार्फ इटली सरकारले मजदुरहरु माथि गरेको दमनको भर््रर्त्सना गर्दै मजदुरहरुको आन्दोलन प्रति ऐकवद्धता जाहेर गरेका थिए ।
स्विट्जरल्यान्डको भारतीय दुताबास अगाडि नेपाली एक्यबद्दता मंचले बिरोध प्रदर्शन गर्यो ३० जुन २००९ आस्था , बर्न नेपाली एक्यबद्दता मंच (नेसोफ स्विस) स्विट्जरल्यान्डको आयोजनामा २९ जुन २००९ का दिन भारतीय सिमाअतिक्रमणको बिरोधमा स्विट्जरल्यान्डको बर्न स्थित भारतीय दुताबास अगाडि प्ले कार्ड र ब्यानर सहित बिरोध प्रदर्शन सम्पन्न भयो। भारतिय पक्षबाट भयको नेपालको सार्बभौम माथि नाङो हस्तक्षेप ,सिमा अतिक्रमणको बिरोधमा भारतका प्रधानमन्त्री मनमोहनसिंह लाई सम्बोधन गरी लेखियको ज्ञापन पत्र दुताबासका कन्सुलरलाई पढेर सुनाइ हस्तान्तरण गरियको थियो । उक्त ज्ञापनपत्र लाई कन्सुलरले जती सक्दो छिटो सम्बन्धित निकायमा पठाउने प्रतिबद्दता ब्यक्त गरे। दिनको २.३० बजे देखी सुरु भयको कार्यक्रमलाई संघठन का महासचिव कमल के सि ले सन्चालन गर्दै भारतीय ज्यादतिको कडाशब्दमा बिरोध गर्नु भयको थियो । भने संगठन का अध्यक्ष असोक चौलागाइ ले भारतीय ज्यादतिको कडा बिरोध गर्दै भारतीयपक्षको ज्यादती तुरुन्त बन्द गर्नुपर्ने कुरामा जोड दिनु भयो संगठनका केन्द्रिय सदस्य धनपती सापकोटाले यस्ता कार्यक्रमआयोजना गरी भारतीय सासक बर्गलाई खबर्दार गरी आगामी दिनमा यस्ता प्रकारका ज्यादती हरु नदोहोरिने कुरामा जोड दिनुभयो । कार्यक्रममा आधा घण्टा सम्म लगातार कडा शब्दमा सिमा अतिक्रमण बन्द गर ,राजनैतीक हस्त क्षेप बन्द गर ,भारतियबिस्तारबाद मुर्दाबाद ,पीडित लाई क्षेतिपुर्ती दे जस्ता नाराहरु लगाइयको थियो। उक्त कार्यक्रम मा पर्चा हरु पनि बाडियको थियो ।
प्रधानसेनापती कटुवाललाई कार्वाहीको माग गर्दै नेपाली दुताबास जेनेभामा ज्ञापन पत्र !!!
आस्था, बेर्न स्विट्जरल्यान्ड २६ अप्रिल २००९
स्विट्जरल्यान्डमा रहेका नेपालीहरुको ह्क हितको लागि र नेपालमा सामन्तबाद,बिस्तारबाद र साम्राज्यबादको बिरुद्धमा लामो समयदेखी निरन्तर संघर्ष गर्दै आई रहेको संघठन नेपाली एक्यबद्दतामंच (नेसोफ स्विस) स्विट्जरल्यान्डले २४ अप्रिल २००९ शुक्रबारका दिन जेनेभा स्थित नेपाली दुताबासमा प्रधानसेनापती रुक्माङगत कटुवाललाई बर्खास्त गरी कारबाहीको माग गर्दै एक बिरोध कार्यक्रम को आयोजना गरी नेपाली दुताबासका महामहिम राजदुत डा. दिनेश भट्टराई समक्ष नेपाल सरकारका प्रधानमन्त्रिलाई सम्बोधित एक ज्ञापन पत्र बुझाएको छ। More…………. Memorandum Letter Word file Click here More Picture’s
पोलिटब्यूरो सदस्य क. नेत्र बिक्रम चन्द -क. बिप्लव) बेल्जियम आउनु हुने 20, March, 2009यहि २२ मार्च, आइतवार हुन गई रहेको नेपाली जनप्रगतिशील मञ्च, बेल्जियमको आठौं साधरण भेलाको उद्घाटनसत्रमा भाग लिन नेकपा माओवादीका पोलिटब्यूरो सदस्य क. नेत्र बिक्रम चन्द -क. बिप्लव) आउनु हुने भएको छ . "नयाँ नेपालको संबिधान निर्माण अभियानमा सहभागी बनौं, नेपाली जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतान्त्रिक नेपालको निर्माणमा प्रतिवद्धता जाहेर गरौ १११" भन्ने मुल मर्मका साथ हुन गई रहेको भेलामा नेकपा माओवादीकापोलिटब्यूरो सदस्य क. नेत्र ब्रि्रम चन्द -क. विप्लव)को उपस्थितिले यस संगठनको गरिमालाई अझ उच्च बनाएको छ ।प्रवासमा रहेर पनि सामन्तवाद, साम्राज्यवादका र बिस्तारवादका बिरुद्ध निरन्तर संर्घष्ा गर्दै आएको यस संगठनको बाषिर्क भेलामा नेकपा माओवादीका वरिष्ठ नेताको उपस्थितिले यहाँको नेपाली तथा अन्य समुदायले समेत नेपालको वर्तमानस्थितिलाई अझ निकटबाट वुझ्ने मौका पाउने छन् । बेल्ज्ियमको स्थानिय समय अनुसार २२ मार्च आइतवार दिनको ठीक १२ बजे बाट शुरु हुने सो भेलाको प्रत्यक्ष प्रसारणगरिनेछ । विभिन्न विचारत्मक कार्यक्रमका साथै प्रगतिशील कलाकारहरुद्धारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ । कांग्रेस र एमालेहरु सरकार ढाल्न लागे― सीपी गजुरेल एकिकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य शक्तिवहादुर वस्नेत माथि भएको आक्रमणको भर्त्सना गरौं१२ फेव्रुअरी२००९
|